Download Self Drive Nepal App Download

Quick Enquiry

We will get to you as soon as possible.

Welcome,

Login to continue on Self Drive Nepal


Don't Have an account?

BYD का ५० गाडी किन्न सेल्फ ड्राइभले गर्‍यो सम्झौता, पाँचवटा e6 एसयूभी हस्तान्तरण

Apr 28 2022

काठमाडौं। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक सिमेक्स आइएनसी प्रालि ५० वटा विद्युतीय गाडीका लागि सेल्फ ड्राइभ नेपाल प्रालिसँग सम्झौता गरेको छ।

सिमेक्सले स्पार्क ग्रुप अफ इमिसन-फ्रि (रेन्टल फ्रिल्ट अपरेसन) को सहायक कम्पनी सेल्फ ड्राइभ नेपाललाई ५० वटा बीवाइडी इ सिक्स् एसयूभी उपलब्ध गराउने छ।     

दक्षिण एसियामा यो नै अहिलेसम्मको ठूलो अर्डर भएको सिमेक्सले जनाएको छ। बीवाइडीको आधुनिक वर्कशप मे २०२२ बाट संचालनमा ल्याउने तयारी छ। वर्कशपको अंगको रुपमा गुहेश्वरीमा ४० किलोवाट एसी फास्ट चार्जर जडान गरिसकेको छ।  

‘हामीले नेपालमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न विभिन्न विकल्पहरु हेरिरहेका छौं। हामीले यही क्रममा सेल्फ ड्राइभलाई सही पार्टनर पाएका छौं। हामी दुवैसँग सहरहरुमा सुरक्षित, भरपर्दो र सहज ग्रीन सवारीसाधन प्रवर्द्धन गर्न समान उद्देश्य छ,’ सिमेक्सका सीइओ साहिल श्रेष्ठले भने।